Thursday, November 4, 2010

साइट ब्लक किन ?

 "यौन उत्सुकता र चहानालाई कसैगरी रोक्न सकिदैन । त्यसैले त्यसको व्यवस्थापन यौन शिक्षासगै गर्नुपर्छ"

जापानमा टोकियो प्रहरीले केही समय अघि त्यहाबाट संचालित ४ पोर्न साइट बन्द गरेको थियो जसरी अहिले नेपाल सरकारले ६० वटा वेवसाइटलाई अश्लिल सामाग्री राखेको भन्दै बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई सूचना संप्रेषण गरेको छ । यी दुवै सन्दर्भ झट्ट हेर्दा उस्तै–उस्तै देखिएता पनि दुवैका उद्देश्य निकै भिन्न छन् । सयौं त्यस्ता वेवसाइटहरु हेरिने र चलाइएको जापानमा ४ वटा मात्र वेवसाइट बन्द गरिनुमा उनीहरुको तर्क थियो– ‘ति वेवसाइटमा रहेका बालबालिकासग सम्बन्धित अश्लिल शब्य/दृश्यहरुले विकृति ल्याउन सक्ने सोचेर यसो गरिएको हो ।’ तर नेपाल सरकारले भने त्यस्ता अश्लिल साइट बन्द गर्नुमा ‘इन्टरनेट मार्फत सामाजिक नैतिकता र शिष्टाचार विरुद्ध विसंगती फैलिएको’ भन्ने सहज कारण देखाएको छ । तर ‘के’ र ‘कस्तो’लाई ‘अश्लिल’को दर्जामा राख्ने भन्ने बिषयमा सरकारसग कुनै तर्क छैन जुन उसले ‘ब्लक’ गरेका साइटहरुका हेर्ने हो भने पनि सजिलै बुझिन्छ ।


वेवसाइटको डोमेनमा ‘सेक्स’ शब्द परेकै कारण कतिपय राम्रा (मनोरञ्जन साइट, विज्ञान पत्रिकाहरु र यौनशिक्षा दिने) वेवसाइटहरु पनि कारवाहीमा परेका छन् । मसगको कुराकानीमा गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भुलवस त्यस्ता केही वेवसाइटहरु कारवाहीमा परेको हुनसक्ने बताए । उनका अनुसार त्यसको जानकारी मन्त्रालयमा आएमा पुर्नविचार गर्न  सकिन्छ । तर यो लेख तयार पार्दासम्म सरकारी स्वामित्वको नेपाल टेलिकमको एडिएसएल सेवाबाट  ब्लगस्पट सबडोमेन भएका अनलाइन डायरीहरु (ब्लगहरुको स्वभावत बढि स्वतन्त्र हुन्छन् र त्यसमा सेन्सरसिप सह्य मानिदैन जसमा पोर्न सामाग्रीको निगरानी सेवा प्रदायक आफैले गर्छ) पनि खुलेका छैनन् जसले वाकस्वतन्त्रता नै हनन गर्ने गैरप्रजातान्त्रित काम गरेको तन्नेरीहरु भन्दैछन् । केही ब्लगहरु छानेर जसरी प्रतिबन्ध लगाइएको छ, त्यस्ता ब्लगहरु त इन्टरनेट सञ्जालमा दशौं हजार हुन्छन् र दिनहू सयौंका सङ्ख्यामा थपिदै पनि जान्छन् । जसको कारण देखाएर सबै ब्लगहरु बन्द नै बन्द गर्न खोज्नु आफैमा सरकारको गृहकार्य बिनाको सस्तो लोकप्रियता पाउने काम मात्र हो । आकारपोष्ट डटकमका एकजना ब्लगर अनिलप्रसार घिमिरे आक्रोस पोख्छन्, ‘सरकारी चाला यही हो भने त इमेलबाट अश्लिल  सामाग्रीहरु आदानप्रदान र घम्कीहरु आयो भन्दै कुनैदिन इमेल नै बन्द गर्न के बेर ?’

विश्वव्यापी भइरहने यस्ता बहसमा पश्चिमा मुलुकहरुको जुध्न गरेका प्रयासहरु भने भिन्न छन् । इन्टरनेटको सञ्जाल अहिले यति विशाल भइसकेको छ कि जसको नियन्त्रण गर्नु नै अब निकै जटिल मानिदैछ । अश्लिल सामाग्रीसम्म पहु“च घटाउन के ति ६० वटा वेवसाइट ब्लक गर्नु मात्र प्रयाप्त छ त ? अर्कोतर्फ ब्लक गरिएका वेवसाइटहरु नै सर्च इञ्जिनहरुमा मज्जाले देखिन्छन् । प्रोक्सी सर्भरहरुको (चीन, इरान, पाकिस्तानजस्ता देशहरुमा फेसबुक, ट्विटरजस्ता साइटहरु एउटा  सर्भरबाट ब्लक गरिदा अर्कोसग अप्रतक्ष्य सञ्जाल बनाएर पनि मानिसहरुले चलाइरहेका छन्) प्रयोग गरेर पनि त्यस्ता वेवसाइटहरु चल्तीमा आएकै छन् । त्यसैले ब्लक गरिनु मात्र नै अश्लिल सामाग्रीको फैलावटलाई रोक्न सकिने अन्तिम अस्त्र हुन सक्दैन । हाम्रो सरकारी संयन्त्रस“ग अहिले त्यस्तो पूर्वाधार नै छैन जसले त्यसरी अश्लिल साइटहरु मात्र छानेर प्रतिबन्ध लगाउन सकोस । जसका कारण झन् ‘इन्टरनेट कडाई’ को नाममा लथालिङ्ग हुने काम मात्र भएको छ । यसो गर्नुभन्दा सरकारले ‘यौन शिक्षा’ बारे केही उल्लेख्य काम गरेको भए राम्रो हुन्थ्यो । किशोरावस्थामा कुनै ब्यक्तिले राम्रो यौन शिक्षा पाएको छ भने विकृति त्यहीबाट रोकिन्छ ।

बिकसित मुलुकहरुमा जसरी बाल्यावस्थादेखि नै इन्टरनेटमा झुमिने क्रम बढ्दो छ, त्यसरी नै अभिभावकहरु पनि उनीहरुप्रति निगरानी बढाइरहेका छन् । उनीहरु दिनहू आफ्ना छोराछोरीले  चलाएका वेवसाइटहरुको ‘वेव हिस्ट्री’ हेर्छन् । नेपालमा जहा एउटा ठूलो समूह साइबर क्याफेमा रहेर इन्टरनेट चलाउछ, जहा गोप्य क्याबिन हटाउने कुरा खुबै चल्नेगर्छ । तर साइबर क्याफेमा पुग्ने सबैलाई एकै दाजोमा राखेर हेरिनु नि हु“दैन । कतिपय गोपनियताको लागि पनि त्यस्ता क्याबिन आवश्यक देखिन्छ जसको बिकल्पको रुपमा  साइबर  क्याफेको सर्भरबाटै बालबालिकाहरु (सामान्यतः १८ बर्षमुनीका) रहेको कम्प्युटरमा कस्ता–कस्ता वेवसाइट खुलीराखेका छन् भनेर निगरानी बढाउन सकिन्छ ।

हाम्रो कमजोरी भनेकै ‘अश्लिल’ र ‘यौनजन्य’ कुराहरुलाई एकै तरिकाबाट हेरिनु पनि हो । हाम्रो नेपाली परिवेश जहा किशोरावस्थामा यौन शिक्षा दिइदैन र युवा अवस्थामा प्रवेश गर्दानगर्दै उनीहरुमध्ये धेरैको विवाह हुन्छ । ‘यौन’ प्रकृतिले नै सिकाउने भएता पनि ‘सेफ सेक्स’का लागि कतिपय अवस्थामा त्यस्ता वेवसाइटहरु सहयोगी पनि हुन्छन् । त्यसैले पोर्न सामाग्री हेर्नुलाई पनि नकारात्मक रुपबाट मात्रै हेरिनु ठिक हुदैन त्यस्ता सामाग्री कसरी र कुन परिवेशमा प्रस्तुत भइराखेका छन् भन्ने कुरा महत्वपूर्ण हो । साइन्स च्यानलहरुमा, केही चर्चित चलचित्रहरुमा पनि त कतैकतै नाङ्न तस्विर एवं भिडियो हेरिआएकै हुन् तर ति सान्दर्भिक र उचित परिवेशस“ग मिलेका हुनाले अश्लिल सामाग्रीमा गनिदैनन् । र एउटा युवा अवस्था शुरु गरेको ब्यक्तिले आफूले हेर्न चाहेको चिज हेर्न पाउनु उसको अधिकार पनि हो । अर्कातर्फ बढि ‘रोकावट र बन्देज’ हुदा नै विकृतिहरु बढ्ता जन्मने मानवीय स्वभाव नै हो । उदहारणकै लागि पछिल्लोपटक गरिएको एउटा अध्ययनलाई नै हेर्न सकिन्छ जसमा पाकिस्तान (जहा इन्टरनेट र अश्लिल साइटहरुमा बढि नै कडाई गरिन्छ) ‘पोर्न सर्च’ को मामिलामा विश्वमै सबैभन्दा अगाडि देखिन्छ । यसले दिने स्पष्ट सन्देश हो यौन उत्सुकता र चहानालाई कसैगरी रोक्न सकिदैन । त्यसैले त्यसको व्यवस्थापन यौन शिक्षासगै गर्नुपर्छ ।


Click here for the e-paper view

सरकारले प्रतिबन्ध लगाउन पत्राचार गरेका साइटहरु । जसमध्ये अहिले केही प्रतिबन्ध फुकुवा पनि भएका छन् । 

1 comment:

  1. Where do I have to send articles to get published in Kantipur ? Can you share you views on this process ? Getting paid and all

    ReplyDelete