देश छाडेर विदेशीनुको पीडा उनलाई जति थियो, त्यत्तिकै उनी चिन्तित थिइन् नेपालमा आफू जमेको पेशा छाड्नुपर्दा । निलम कार्की केही बर्षअघिसम्म रेडियो नेपालमा दहाल यज्ञनिधिसग मिलेर साहित्यिक कार्यक्रम चलाउथिन् भने नेपाल टेलिभिजनमा उनी एक्लैको ‘टेलि हेल्थ’ प्रशारण हुन्थ्यो । तर एकाएक जब उनी अमेरिकाको न्यूयोर्क पुगिन्, केहीबेर त उनलाई रेडियो÷टिभी छाड्नु परेकोमा खुबै पछुतो पनि लाग्थ्यो । तर त्यो पछुतो धेरैबेर रहेन जब उनी अहिले अमेरिकाबाट आफ्नै अनलाइन रेडियो ‘समुन्द्र पारीबाट’ चलाइरहेकी छिन् ।
इन्टरनेटमा www.ianws.org लगइन गरेपछि उनको रेडियो सुन्न सकिन्छ जसलाई अमेरिकामै रहेका मणि वाङदेल, मोती खरेल, सीता खरेल र ज्ञानु श्रेष्ठले सघाउ“छन् । ‘मैले रेडियो नेपालमा चलाउने साहित्यिक कार्यक्रम नेपालमा धेरै चर्चित भइसकेको थियो’, निलमले हेलो शुक्रबारसगको अनलाइन वार्तामा भनिन्, ‘त्यसैले यहा पनि भाषा, साहित्य र सस्कृतिमा केन्द्रीत रहेर रेडियो कार्यक्रम बनाउछौं ।’ त्यसो त ‘समुन्द्र पारीबाट’ साहित्यिक स्रस्टाहरुले पठाएका लेख–रचनाहरु वचन गर्नेदेखि लिएर (उनीहरुकै स्वरमा पनि) बेलाबखत अमेरिका पूग्ने साहित्यकार एवं संस्कृतिकर्मीहरुसगको अन्तरवार्ता समेटेर ‘भलाकुसारी’ गर्नेगर्छ । निलम भन्छिन्, ‘न्यूयोर्क वरपर भइरहने नेपाली संस्कृति झल्कने कार्यक्रमहरुको पनि हामी बेलाबखल विशेष रिपोर्ट तयार पार्छौं ।’ रेडियो कार्यक्रम हप्तैपिच्छे रेकर्ड हुनेगर्छ र हप्ताभर स्रोताले चाहेको बखत सुन्न सक्छन् ।
न त उनीहरुको रेडियोलाई नै भनेर छुट्टै स्टुडियो नै छ । कार्यक्रम घरकै कोठामा रेकर्ड भने साहित्यकारहरुसग अन्तरवार्ता पनि फोनबाटै । ‘अमेरिकाको व्यस्त जीवनमा हामी आफ्नो सोखको लागि फुर्सदको समयलाई रेडियोमै लगाउ“छौं’, आफूहरुलाई पार्टटाइम रेडियोकर्मी बताउने उनी भन्छिन्, ‘पहिला आफ्नो मुख्य कामलाई प्राथमिकता दिनुपर्छ, छोराछोरी, घरको काम सबै सकेपछि मात्र रेडियोलाई समय दिनुपर्दा अप्ठ्यारो हुन्छ ।’ तर पनि उनी कसैगरी रेडियोको लागि समय मिलाउ“छिन् । भन्छिन्, ‘कमसेकम मेरो रुचिको पेशा मैले छाड्नुपरेको त छैन नि ।’निलमजस्तै नेपालमा रेडियोमा काम गरेका धेरैले आफ्नो सोख बचाइराख्नका लागि डायस्पोरामा रहेर अनलाइन रेडियो चलाइरहेको पाइन्छ । त्यस्तै मध्येका अर्का हुन् ६ बर्ष चितवनको सिनर्जी एफएममा काम गरेका बासुदेव मरहठ्ठा । नेपालमा रहदा रेडियोमा उनले हप्ताभरमा झण्डै एक दर्जन बढि कार्यक्रम चलाउथे । भन्छन्, ‘विहानको धार्मिक कार्यक्रम, मनोरञ्जन, खेलकुद र समाचारजस्ता धेरै क्षेत्र हेर्थे ।’ रेडियोमा काम गर्नु उनको लागि एकप्रकारको नशा जस्तो नै भइसकेको थियो रे । अझ त्यसमाथि चितवनका स्थानिय एफएमहरु मध्येको प्रतिस्पर्धाबाट उनी ‘बेस्ट आरजे’ छानिएपछि उनमा झनै रेडियोमै समर्पित हुने रहर बढेर आयो । ‘तर’, बाशुदेवले पार्थ, अस्ट्रेलियाबाट फोनमा लामो सास फेर्दै भने, ‘जीवन सोचे अनुसार कहिल्यै चल्दो रहेनछ ।’ पारिवारिक दबाबका कारण उनी अस्ट्रेलिया छिर्नुप¥यो । जहा उनको भेटगाट त्यसैगरी चर्चित रेडियो कार्यक्रम ‘नेपाल चौतारी’ चलाईसकेका दिक्पालदेव पंगेनीसग भयो र उनीहरु मिलेर ‘रेडियो हिमाल’ स्थापना गरे । ‘विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरेर हामीले हरेकखाले कार्यक्रम बनाउन थाल्यौं’, बाशुदेव भन्छन्, ‘त्यसबाहेक अस्ट्रेलियामा कसैलाई आपतबिपत पर्दा र नेपालमा केही ठूलो दैवि विपत आइपर्दा रेडियोकै साहारा लिएर धेरैपटक अर्थ संकलन पनि गरेका छौं ।’ अहिले उनीहरुको टिममा केदार रिजाल, कमल सिलवाल र सम्झना ढकाल थपिएका छन् । प्रत्येक हप्ता १ घण्टाको कार्यक्रम बन्ने गर्छ जसलाई www.nawa.org.au मा चाहेको बखत सुन्न सकिन्छ । त्यसका अलावा उक्त रेडियो कार्यक्रम पार्थकै स्थानिय एमएम रेडियोमा पनि स्थानिय समय अनुसार हरेक शुक्रबार साझ ९ देखि १० बजेसम्म सुन्न सकिन्छ जुन गतबर्ष उक्त रेडियोभरमै सर्वोकृष्ठ भन्दै अवार्ड जित्न सफल भएको थियो । जसकै कारण उनीहरुले उक्त रेडियोकै स्टुडियो कार्यक्रम उत्पादनका लागि प्रयोग गर्न पाएका छन् । एक घण्टे रेडियो कार्यक्रम दुई भागमा विभाजित गरिएको छ जसअन्तर्गत पहिलो र दोस्रो भागहरु क्रमशः ‘नेपाल सन्दर्भ’ र ‘कला चौतारी’ छन् । ‘नेपाल सन्दर्भमा हामीले साताभर नेपाल र नेपालीबारेका मुख्य समाचारहरु, अन्तरवार्ता र पोर्समा बस्ने स्थानिय नेपालीहरुको जनबोली समेट्छौं भने कला चौतारीमा साताको रासिफल, डायस्पोराका प्रेरक कथाहरु, विशेष रिपोर्ट, स्रोताविचार, आदि हुनेगर्छन्’, उनी थप्छन्, ‘अस्ट्रेलियामा ‘रेडियो हिमाल’ नेपाली–नेपालीलाई आपसमा जोडिराख्ने काम गरिरहेको छ ।’
उता ‘हिमाली स्वरहरु’ डायस्पोरामा रहेको पुरानो अनलाइन रेडियो मध्येको एक हो जसलाई अमेरिकाकै न्यूयोर्कबाट शहदेव पौडेलले चलाइरहेका छन । शुरुका दुईझैं ‘हिमाली स्वरहरु’ले पनि साप्ताहिक रुपमा कार्यक्रम उत्पादन गर्छ जसले सन् २००७ यता हालसम्म १३६ औं श्रृङखला पार गरिसकेको छ । www.nepaliradio.org मा गएर सुन्न सकिने कार्यक्रम पाच विभिन्न भागमा विभाजित छ । हिमाली स्वरहरु साप्ताहिक समसामयिक कार्यक्रम हो भने त्यसबाहेक कथा संसार, जीवन यात्रा अनुभव, आरोह अवरोह, ओपन माइकजस्ता बिषयमा तयार पारिएका कार्यक्रमहरु तपाईंलाई पायक पर्दाको समय सुन्न सक्नुहुन्छ । संचालक एवं कार्यक्रम उत्पादक पौडेल भन्छन्, ‘न्यूयोर्क लगायत अमरिकाका नपालीहरुमाझ केही सूचना फैलाउनु परेमा हाम्रो रेडियो सहज भएको छ ।’ उनी आफ्नै कोठामा कार्यक्रम रेकर्ड गर्छन् र त्यहा“ रहेका नेपालीहरुकै स्वरमा पनि साहित्यिक सिर्जनाहरु रकर्ड गराउछन् । ‘हिमाली स्वरहरु’ देख्दामा ठूलै टिमवर्कको प्रतिफलजस्तो देखिएता पनि यसको सम्पूर्ण काम सहदेव एक्लैले गर्छन् भने वेवसाइस मोती खरेलले व्यवस्थापन गर्छन् । ‘देश र शहरहरु घुम्दै विश्वभर छरिएर रहेका नेपालीका आवाज नेपालीहरुमाझ पु¥याउनु नै मेरो ध्येय हो’, उनको भनाई छ, ‘नेपालीहरुले विदेशमा गरिराखेका राम्रा–नराम्रा कामहरु नेपालमा रहनेका लागि राम्रा पाठ हुनसक्छ ।’
‘समुन्द्र पारीबाट’, ‘रेडियो हिमाल’ र ‘हिमाली स्वरहरु’ डायस्पोराबाट संचालित केही प्रतिनिधि रेडियोहरु मात्र हुन् । इन्टरनेटको सञ्जालमा एकैछिन झुल्लिने हो भने नेपालीहरु रहेका विभिन्न देशहरुबाट संचालित यस्ता धेरै रेडियोहरु भेटिन्छन् । ‘कम लगानी र जनशक्तिमा यस्ता अनलाइन रेडियो स्थापना गर्न सकिनु अनलाइन रेडियोहरु बढ्नुका कारण हुन्’, कम्प्युटर इञ्जिनियर ध्रुव अधिकारी, २५, भन्छन्, ‘अनलाइन रेडियोबाटै कार्यक्रमहरुको प्रतक्ष्य प्रशारण पनि गर्न सकिन्छ ।’ अनलाइन रेडियोबारेको प्रोजेक्ट ‘रेडियो ब्रोडकास्ट अटोमेसन सिस्टम’ गरेका धु्रवका अनुसार ‘रेकडेड कार्यक्रम’ राखेर रेडियो चलाउनु सामान्य वेवसाइट चलाएजस्तै हुन्छ भने अन्य रेडियोहरुजस्तै ‘लाइभ’ वा कार्यक्रमहरुको तालिका बनाएर बिना प्राविधिक चलाउन सकिन्छ । धु्रव भन्छन्, ‘आफूसग भएका केही रेकडेड कार्यक्रमहरु र गीतहरु मात्र बजाउने अनलाइन रेडियोहरु धेरै छन् ।’ उनी स्वयंको पनि एउटा अनलाइन रेडियो ‘मेरो नेपालमा’ www.meroradio.meronepalma.com छ जसमा उनले आफूसग भएका पुराना गीतहरु एवं अन्य रेडियोहरुले उत्पादन गरेका कार्यक्रमहरु प्रशारण गरिरहेका छन् । भन्छन्, ‘एउटा साथीहरुको सर्कल बनाएर अब साप्ताहिक रुपमा कुनै प्रेरणादायी युवासग छलफल गर्ने कार्यक्रम अब छिट्टै ल्याउदैछु ।’
केही नेपाली अनलाइल रेडियोहरु:
www.nepali.radiotitan.com
www.thevoiceofhimali.podomatic.com
www.nepalrus.com
Chick here for the e-paper view. #hello Shukrabar

0 comments:
Post a Comment